कांग्रेस कार्यकर्ताले रेणुलाई हँसिया हथौडामा भोट हाले गठबन्धन २० वर्षसम्म लान्छौंः प्रचण्ड

Advertisement

भरतपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका कांग्रेस कार्यकर्ताले स्थानीय निर्वाचनमा हँसिया हथौडामा भोट हाले गठबन्धन २० वर्षसम्म लाने बताएका छन् । 

सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभामा बिहीबार उनले भरतपुरका कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा भोट हालेमा गठबन्धन बलियो हुने बताए । प्रचण्डले भोट नहालेमा भने देश दुर्घटनामा जानसक्ने तर्क गरे ।  

Advertisement

गठबन्धन राष्ट्रको आवश्यकता भएको जिकिर गर्दै उनले यसलाई अगाडी बढाउने, नबढाउने फैसलाको अधिकार चितवनबासीको हातमा रहेको बताए । प्रचण्डले भने, ‘यो गठबन्धनलाई १०, १५, २० वर्ष लाने मेरो प्रतिवद्धता हुनेछ । त्यसकारण म भन्छु तपाईंहरुले खाली नेताहरु मात्रै नहेर्नुस् । तपाईं जिल्लामा बसेर काम गर्ने नेताहरु र चितवनबासी जनताको हातमा पनि फैसलाको अधिकार छ । नेताको मात्रै होइन । तपाईंहरुले नेतालाई अनावश्यक दबाब दिनुभयो, राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने दुर्घटनामा जान सक्छ ।’

प्रचण्डले आफूलाई आशंका गरेर गठबन्धन कमजोर पार्न नखोज्न आग्रह गर्दै देश दुर्घटनामा परेमा त्यसको जवाफ गठबन्धनको विरोधमा भाषण गरेर हिड्नेहरुले दिनुपर्ने चेतावनी दिए । आगामी दिनमा पनि शेरबहादुर देउवालाई अगाडी राखेर अगाडी बढ्न अप्ठ्यारो नमान्ने उनको भनाई छ । 

Advertisement

Advertisement