सत्ता गठवन्धनले हारे जनताले पछुताउनुपर्ने !

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष स्थानीय निर्वाचनमा सत्ता गठवन्धनले हारे जनताले पछुताउनुपर्ने तर्क गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा उनले नेकपा अध्यक्षका केपी ओलीलाई प्रतिगामीको संज्ञा दिँदै त्यस्तो तर्क गरेका हुन् । 

मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्त भएका उपलब्धि जोगाउनका लागि पाँच दलीय गठबन्धनको विकल्प नरहेको बताए । 

Advertisement

प्रतिगामी कित्तामा उभिएका केपी ओलीको पक्षमा मत खसालियो भने पछुताउनु पर्ने र भावी सन्तानहरुले पनि दुःख भोग्नुपर्ने भन्दै माधव नेपालले ओलीले संविधान विरोधी काम गरेको, दुई तिहाई बहुमतको सरकारलाई आफैले धुजाधुजा पार्ने काम गरेको र जनमतको अनादर गर्ने काम गरेको आरोप लगाए । 

ओलीले हास्यास्पद कामहरु एकैचोटी एकैठाउँमा बसेर ५७३ वटै पालिकाका जति पनि अस्पतालहरु शिलान्यास गर्ने, विभिन्न परियोजनाहरु सम्पन्न हुनु पाँच वर्ष अघि नै उद्घाटन गर्ने जस्ता गतिविधि गरेको भन्दै उनले भने, ‘कतिपयको दिमागमा लागेका हुन सक्छ कि हामी एक्लै पार लगाउन सक्दछौं । यो भ्रमबाट सबैले मुक्त हुन जरुरी छ । अहिले पनि एकतावद्ध भएर जाने कुराको विकल्प छैन् ।’ 

उनले थपे, ‘दक्षिणपन्थी गठबन्धनहरुको नेतृत्व नेकपा एमालेले, केपी ओलीले गरिरहेका छन जहाँ राप्रपाजस्ता दक्षिणपन्थी शक्तिहरु, राजावादी शक्तिहरु, प्रतिगामी शक्तिहरु, त्यो गठबन्धनमा सामेल छन ।’ पछिल्लो समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको लोकप्रियता बढेकाले ठूला दलका नेताहरु झस्किएका छन् । 

माधव नेपालले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, नयाँ मोडलका साथ मुलुकको विकास गर्ने उद्देश्यका साथ सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा पनि गठबन्धन गर्नु परेको तर्क गरे । 

Advertisement

Advertisement