मेरो जित पक्का छ, मेयरको जिम्मेवारी लिन आतुर छुः स्थापित

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले बागबजार स्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलमा मत खसालेपछि आफ्नो जित पक्का भइसकेको दावी गरेका छन् । 

उनले नयाँ जोशका साथ मेयरको जिम्मेवारी लिन आतुर रहेको बताएका छन् । स्थापितले आफूमाथि नयाँ जिम्मेवारी आउन लागेको दाबी गर्दै आफू जिम्मेवारी लिन गम्भीर रहेको बताए । 

Advertisement

उनले भने, ‘मलाई नयाँ जिम्मेवारी आउँदैछ । म गम्भीर छु, बेलुकाबाट गणना शुरु हुन्छ ।’ स्थापित नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार हुन । आज देशभर एकसाथ स्थानीय तह सदस्य निर्वाचन २०७९ भइरहेको छ । 

Advertisement

Advertisement