काँग्रेसका उम्मेदवारको गाडीले ठक्कर दिँदा मतदाताको मृत्यु

Advertisement

रुकुम । बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्रमा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट एकजना मतदाताको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । उनको सल्ले अस्पतालमा मृत्यु भएको हो । मृत्युपछि अर्थमन्त्री जनार्दन शर्मा अस्पताल पुगेका थिए । 

Advertisement

काँग्रेस नेताको लु३च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएसँगै उनी गम्भीर घाइते भएका थिए । ठक्कर दिँदा बाँठामगर पनि गाडीमा सवार थिए । मत हाल्न मतदान केन्द्रतिर जाँदै गरेका खत्रीलाई ठक्कर दिएको थियो । 

ठक्कर दिएपछि गाडीका चालक देवराज शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माओवादी केन्द्रको स्थानीय संयन्त्रले भने घटना नियोजित रहेको र हामी निश्चित भएपछि आफूहरुमाथि आक्रमण गरिरहेका आरोप लगाएको छ । 

रुकुमका विभिन्न स्थानमा माओवादीलाई हराउन कांग्रेस–एमाले गठबन्धन बनेको छ । रुकुमका विभिन्न मतदान केन्द्रमा आज झडप पनि भएको थियो । 

Advertisement

Advertisement