स्थानीय निर्वाचन शान्तिपूर्ण हुन नसकेको मानवअधिकार आयोगको ठहर

Advertisement

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको स्थानीय निर्वाचन शान्तिपूर्ण हुन नसकेको ठहर गरेको छ । निर्वाचन अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताएका हुन् । 

उनले आफूहरुले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत शान्तिपूर्ण हुननसकेको भन्दै विभिन्न ठाउँमा भएका हिंसात्मक घट्ना र भिडन्तप्रति दुःख प्रकट गरेका छन् ।

Advertisement

आयोगले अध्यक्षसहितको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको  र ७७ वटै जिल्लामा अनुगमन गरेको जनाएको छ । राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा हवाई फायर हुँदा मतदान प्रभावित भएको, स्याङ्जामा मतदाता बोकेको गाडी पल्टिँदा १३ जनाको मृत्यु भएको, रुकुममा उम्मेदवारकै गाडीले ठक्कर दिँदा मतदाताको मृत्यु भएको, कतै खुकुरी हानाहानको अवस्था देखिएको छ । 

Advertisement

Advertisement