धुलिखेल र जनकपुरमा कांग्रेसका बागीले अग्रता बढाए, गठवन्धनका उम्मेदवारको अवस्था दयनीय

Advertisement

काठमाडौं । जनकपुर उपमहानगर पालिका र धुलिखेल नगरपालिकामा सत्ता गठवन्धनका उम्मेदवारलाई चुनौति दिँदै उम्मेदवारी दिएका नेपाली कांग्रेसका वागी उम्मेदवारले अग्रता लिएका छन् । 

सत्ता गठवन्धनबीच भागबण्डा गर्दा जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको जनकपुर उपमहानगरपालिका र नेकपा एकीकृत समाजवादीको भागमा परेको धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेद्वारले अग्रता लिएका हुन् । 

Advertisement

जनकपुर उपमहानगर पालिकाको सुरुवाति नतिजामा कांग्रेसका बागी उम्मेद्वार मनोज साहले फराकिलो अग्रता बनाएका छन् । यनले २५९ मत ल्याउँदा गठबन्धनबाट उम्मेद्वार बनेका निवर्तमान मेयर लालकिशोर साहले ३६ मत मात्रै पाएका छन् । नेकपा एमालेका शिवशंकर साहले १०५ मत ल्याएका छन् ।

त्यस्तै, धुलिखेल नगरपालिकामा पनि कांग्रेसकै बागी उम्मेद्वार बिदुरबहादुर बस्नेतले ५७२ मतसहित अग्रता लिएका छन् । बस्नेतलाई एमालेका अशोककुमार ब्याञ्जुले पछ्याउँदै ४६७ मत ल्याएका छन् । तर गठबन्धनबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका दयासागर श्रेष्ठ १८ मत मात्रै पाएका छन् । कांग्रेसले दुवै उम्मेदवारलाई कारवाही गरिसकेको छ । 

Advertisement

Advertisement