ढोरपाटनमा प्रतिनिधि राख्ने विवादका सत्ता गठवन्धनले एमालेलाई कुट्यो, दुई घाइते, एक गम्भीर

Advertisement

बागलुङ । मतगणना स्थलमा प्रतिनिधि राख्ने विषयमा विवाद चर्किँदा ढोरपाटन नगरपालिकामा नेकपा एमाले र सत्ता गठवन्धनका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

गम्भीर घाइते भएका ढोरपाटन नगरपालिका ९ का भीमबहादुर विकलाई उपचारको लागि हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पताल लगिएको छ भने अर्का घाइते ढोरपाटन १ का ४० वर्षीय खिमबहादुर विकको बुर्तिवाङमा उपचार भइरहेको छ । उनीहरु दुवै एमालेका कार्यकर्ता हुन् । 

Advertisement

सर्वदलीय बैठकमा दलका प्रतिनिधि मात्र उपस्थित हुने सहमति भए पनि गठवन्धनबाट आवश्यकताभन्दा धेरै प्रतिनिधि आएपछि एमालेले विरोध जनाएको थियो । विवाद बढ्दै जाँदा सत्ता गठवन्धनका कार्यकर्ताले एमालेका कार्यकर्ता कुटेका हुन् । 

Advertisement

Advertisement