बुटवलको मेयरमा कांग्रेसका पाण्डे मत बढाउँदै, राप्रपाका शेरचन पच्छ्याउँदै

Advertisement

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले आफ्नो अग्रता बढाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले उनलाई पच्छ्याइरहेका छन् । 

कुल एक हजार चार सय मत गन्दा पाण्डेले ६०३ मत र शेरचनले ३०२ मत पाएका छन् । यसअघि एमालेले जितेको उक्त बुटवलमा अहिले भने तेस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार बाबुराम भट्टराईको २३९ मत पाएका छन् । 

Advertisement

उपमेयरमा भने राप्रपाका भगवती पाण्डेले ३१९ मतसहित अग्रता लिएकी छन् उनलाई पच्छ्याउँदै एमालेकी सावित्रा अर्यालले २९४ मत पाएकी छन् । गठबन्धनका तर्फबाट उपमयेरका उम्मेदवार बनेका चिनबहादुर गुरुङले २४३ मत पाएको पछिल्लो विवरण छ । 

Advertisement

Advertisement