भरतपुरमा रणुको अग्रता कायमै, विजय सुवेदी पच्छ्याउँदै, रत्ननगरमा कांग्रेसको अग्रता

Advertisement

चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठवन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गरेकी छन् । शनिबार रातिसम्मको विवरणअनुसार भरतपुर–१ मा एक हजार २५० मत गणना गर्दा रेणुले ४८३ मत पाएकी छन् । 

उनलाई पच्छ्याउँदै एमालेका विजय सुवेदीले ४०२ मत पाएका छन् भने स्वतन्त्रबाट जगन्नाथ पौडेलले १५७ मत पाएका छन् । त्यस्तै, उनले उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५३६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३२० मत पाएकी छन् ।

Advertisement

चितवनकै रत्ननगर नगरपालिकाको वडा नं १ र २ मा मत गणना हुँदा गठबन्धनबाट मेयर कांग्रेस प्रल्हाद सापकोटाले ३५६ मत पाएका छन् । उनको प्रतिस्पर्धी एमालेकी विमला दुवाडीले १५२ मत पाएकी छन् । 

यसैगरी, उपमेयरमा नेकपा एकीकृत समाजवादीका बद्रि घिमिरेले २१० पाएका छन् भने एमालेका यादव पाठकले १६१, राप्रपाकी बिमला चौधरीले ४९ र स्वतन्त्र उमेदवार विरञ्जना सापकोटाले ३३ मत पाएकी छन् ।

त्यस्तै, खैरहनी नगरपालिकामा मेयरमा कांग्रेसका शशि खनियाले अग्रता लिएका छन् । कुल तीन हजार ११० मत गन्दा खनियाले एक हजार ६३३ मत प्राप्त गरेका छन् भने एमालेका लालमणि चौधरीले ९५३ मत पाएका छन् । 

यस्तै उपमेयरमा माओवादी केन्द्रकी लक्ष्मी ढकालले एक हजार २११ मत ल्याउँदा एमालेकी कविता उप्रेतीले एक हजार ८८ मत पाएकी छन् ।

त्यस्तै, राप्ती नगरपालिकामा दुई हजार ७८२ मत गन्दा एमालेका मेयर उमेदवार गोविन्द कँडेलले अग्रता लिएका छन् । उनले एक हजार २७२ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका शमशेर लामाले एक हजार १५ मत पाएका छन् । 

यस्तै, उपमेयरमा एमालेकी मेनुका पाठकले एक हजार ३६१ मत ल्याउँदा कांग्रेसका देवेन्द्र लामाले ९७७ मत पाएका छन् ।

कालिका नगरपालिकामा नेकपा एमालेका मेयर पदका उमेदवार विनोद रेग्मीले अग्रता लिएका छन् । उनले ५२३ मत ल्याएका छन् भने गठबन्धनबाट कांग्रेसका शिवराम केसीले ४४९ मत पाएका छन् । 

यस्तै, उपमेयरका एमालेकी बिमला लामाले ४९६ मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीकी सविता लामाले ४५५ मत पाएकी छन् ।

माडी नगरपालिकामा कुल तीन हजार ४३६ मत गन्दा मेयरमा एमालेकी ताराकुमारी काजी महतोले एक हजार ५५९ मतका साथ अग्रता लिएकी छन् । सत्ता गठबन्धनका मेयरका उमेदवार ऋषि काफ्लेले एक हजार ३८२ मत पाएका छन् । 

उपमेयरमा कांग्रेसका खेम महतोले एक हजार २६० मत पाउँदा स्वतन्त्र उमेदवार कृष्ण पौडेलले ८३८ र राप्रपाका मदन पौडेलले ५९३ मत पाएका छन् ।

चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा सुरुवाती दुई सय मत गन्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दानबहादुर गुरुङले ९८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट कांग्रेसकी गीताकुमारी गुरुङले ७९ मत प्राप्त गरेको छ । 

यस्तै, उपाध्यक्षमा पनि एमालेको माया सिलवालले ९३ मत प्राप्त गरेकी छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले ७८ मत पाएका छन् । 

Advertisement

Advertisement