विराटनगरको मेयरमा नागेश निकै अगाडि, उपमेयरमा एमालेकी शिल्पाको अग्रता

Advertisement

मोरङ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । 

उनले दुई हजार ५८३ मत पाउँदा नेकपा एमालेका सागर थापाले एक हजार ६१५ मत प्राप्त गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् ।

Advertisement

त्यस्तै, उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले एक हजार ८९६ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टीका उम्मेदवार अमरेन्द्र यादवले एक हजार ३२३ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत प्राप्त गरेकी छन् ।

Advertisement

Advertisement