बौदीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै एमालेलाई

Advertisement

नवलपुर । बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका केवी रानालाई ४३५ मतान्तरले हराउँदै जित हासिल गरेका हुन् । 

ओझाले तीन हजार ९७६ मत पाउँदा रानाले तीन हजार ५४१ मत पाए । त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छन् । उनले कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले पराजित गर्न सफल भएकी छन् । 

Advertisement

सारुले तीन हजार ९६२ पाउँदा घिमिरेले तीन हजार ५०६ मत पाइन् । 

Advertisement

Advertisement