मालिका र हरिनासमा एमालेका अध्यक्ष र उपाध्यक्षहरु विजयी

Advertisement

म्याग्दी, स्याङजा । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार बेगप्रसाद गर्वुजा निर्वाचित भएका छन् । उनले तीन हजार ९१ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन निर्वाचित भएकी छिन् । उनले तीन हजार १६७ मत ल्याएर विजयी हुँदा कांग्रेसकी पिपली बुढाले तीन हजार १३९ मत पाएकी छिन् ।

Advertisement

त्यसैगरी, स्याङ्जाको हरिनास गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गदै एमालेका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धर चार हजार ७६९ मतका साथ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार टोपबहादुर भुजेले चार हजार ७३२ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकी इन्द्रकुमारी थापा राना बिजयी भएकी छन् । थापाले चार हजार ७४० त प्राप्त गर्दा माओवादीकी मिठु लम्सालले चार हजार ७१६ मत पाउन सफल भएकी छन् । 

Advertisement

Advertisement