भरतपुरमा रेणु विजय सुवेदीभन्दा दुई मतले अगाडि, जगन्नाथ तेस्रो स्थानमा

Advertisement

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मतान्तर घटाउँदै लगेका छन् । 

जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार तथा उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहालभन्दा सुवेदी २ मतले मात्रै पछि छन् ।

Advertisement

दाहालले दुई हजार ४२५ मत प्राप्त गर्दा सुवेदीले दुई हजार ४२३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९५ मत पाएका छन् ।

Advertisement

Advertisement