पोखरामा धनराज साढे तीन सय मतले अगाडि, उपमेयरमा एमाले अगाडि

Advertisement

पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा कुल आठ हजार ६९३ मत गणना हुँदा सत्ता गठवन्धनका साझा उम्मेदवार तथा एकीकृत समाजवादीका नेता धनराज आचार्यले अग्रता कायम राखेका छन् । 

उनले नेकपा एमालेका सूर्य थापालाई करिव साढे तीन सय मतले पछाडि पारेका छन् । आचार्यको तीन हजार ४६५ मत पाउँदा थापाले तीन हजार १०८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ४६२  मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २१२ मत पाएका छन् । 

Advertisement

त्यस्तै, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङले  तीन हजार ५७५ मतसहित अग्रता लिएकी छन् भने गठवन्धनकी साझा उम्मेदवार नेपाली काग्रेसकी कोपिला रानाभाटले तीन हजार छ सय मत पाएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जिता सेनले  ४३२ मत पाएकी छन् । 

Advertisement

Advertisement