नेपाल र भारतको संभावनालाई मिलेर साकार पार्न सक्छौंः मोदी

Advertisement

काठमाडौँ । नेपालको लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच अरु पनि धेरै संभावना रहेको बताउँदै ती संभावनाहरु दुवै मिलेर साकार पर्न सकिने बताएका छन् । 

सोमबार लुम्बिनीमा आयोजित २५६६औं बुद्धजयन्ती विशेष समारोहमा उनले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताउँदै नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको बताए ।

Advertisement

मोदीले नेपाल–भारत बीचको सम्बन्ध हिमालजस्तै अटल रहेको पनि बताए । उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालविना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुशी छ भन्ने मलाई विश्वास छ ।’

मोदीले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए । उनले पछिल्लो वैश्विक अवस्थामा नेपाल र भारतबीच सम्बन्ध मजबुत हुनु महत्त्वपूर्ण भएको बताए । नेपाल र भारतबीचको सम्वन्ध विभिन्न स्तरमा हजारौं बर्ष पूरानो रहेको बताउँदै मोदीले त्यो सम्वन्धलाई अब नयाँ प्रविधि र विकासबाट जोड्न सकिने बताए । 

उनले भने– ‘आज जसरी वैश्विक परिस्थिति बनेको छ । त्यसमा नेपाल र भारतको निरन्तर बलियो मित्रता, घनिष्ठता, सम्पूर्ण मानवताको हितको लागि काम गर्नेछ।’

मोदीले लुम्बिनी म्युजियम, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, डा अम्बेडकर चेयर फोर बुद्धिस्ट स्टडिजको स्थापना दुवै देशको साझा सहयोगको उदाहरण भएको बताउँदै बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आउने सौभाग्य मिलेको भन्दै मायादेवी मन्दिरमा दर्शन गर्ने अवसर अविष्मरणीय रहेको बताए ।

भगवान बुद्धले दुवैको आस्था एकै सुत्रमा जोड्छन् भन्दै उनले बुद्ध मानवताको सामूहिक अवतरण भएको बताए । बुद्ध बोध पनि भएको र सोध पनि, बुद्ध विचार पनि भएको र संस्कार पनि भएको मोदीको भनाई छ । 

Advertisement

Advertisement