वालेनको एक्लैको मत केशव स्थापित र सिर्जनाले पाएको भन्दा धेरै पुग्यो

Advertisement

काठमाडौं । राजधानी महानगरपालिका काठमाडौंमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले पाएको मत उनको प्रतिस्पर्धीहरु केशव स्थापित र सिर्र्जना सिंहको कुलभन्दा भन्दा धेरै पुगेको छ । 

बालेनले कुल सात हजार ५३५ मत पाउँदा नेकपा एमालेका मेयर उम्मेदपार स्थापितले तीन हजार ९८२ मत पाएका छन् भने सत्ता गठवन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले तीन हजार ४८२ मत पाएकी छन् । केशव र सिर्जनाले पाएको कुल मत सात हजार ४६४ पुग्छ । 

Advertisement

मतान्तर बढ्दै गए पनि बालेनले विजय हासिल गरिहाल्ने सुनिश्चितता भने अझै भएको छैन् । यद्यपि ठूला दलहरुप्रति जनताको वितृष्णा बढ्दै जाँदा बालेनले जितिदिए हुन्थ्यो भन्ने मनोभावना भने बढ्दै गएको देखिन्छ । 

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको मतान्तर निकै बढेको छ । उनले पाँच हजार ८९६ मत पाउँदा उनका निकट प्रतिस्पर्धी सत्ता गठवन्धनका राजेश्वर श्रेष्ठले एक हजार ६३२ मत पाएका छन् । तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले एक हजार २४९ मत पाएकी छन् । 

Advertisement

Advertisement