बालेनले ४५०१ मतले केशव स्थापितलाई पछाडि पारे, सिर्जना तेस्रो स्थानमै

Advertisement

काठमाडौं । राजधानीको महानगरपालिका काठमाडौंको स्थानीय निर्वाचनको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । 

पछिल्लो मतपरिणामअनुसार बालेन आफ्ना निकट प्रतिस्पर्धीभन्दा चार हजार ५०१ मतले अग्रता लिन सफल भएका छन् । बालेनले नौ हजार ६०५ पाउँदा स्थापितले पाँच हजार १०४ मत पाएका छन् । सत्ता गठवन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रो नम्बरमै सीमित रहेकी छन् । उनले चार हजार ४८३ मत पाएकी छन् । 

Advertisement

उपमेयरमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले फराकिलो मतान्तरले अग्रता लिएकी छन् । उनले छ हनार ५५७ मत पाउँदा सत्ता गठवन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार ८५५ मत पाएका छन् । 

Advertisement

Advertisement