भरतपुरमा रेनुले अग्रता बढाइन,  जगन्नाथ पनि पच्छ्याउँदै

Advertisement

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठवन्धनबाट मेयरको साझा उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीसँग उनको कडा प्रतिस्पर्धा भइरहेको बेला पछिल्लो समयमा करिव तीनसय मतले अग्रता लिएकी हुन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनुले कुल छ हजार ५२४ मत पाएकी छन् भने सुवेदीले छ हजार ३२६ मत पाएका छन् । कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले पनि उनीहरुलाई पच्छ्याइरहेका छन् । उनको मत तीन हजार १८१ पुगेको छ ।  

Advertisement

त्यस्तै, उपमेयरतर्फ भने कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ९३९ पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले पाँच हजार १९७ मत पाएकी छन् । 

Advertisement

Advertisement