दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान (फोटोहरु)
Sorce: Nepal Army

Advertisement

काठमाडौं । आइतबार बिहानदेखि बेपत्ता भएको तारा एयरको विमान दुर्घटना ग्रस्त अवस्थामा नेपाली सेनाले फेला पारेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । 

सेनाले विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीटरमा भनेका छन्, ‘विमान दुर्घटना स्थल पत्ता लगेको छ।  केहीबेरमा सबै विवरण सार्वजनिक गछौं।’

Advertisement

सोमबार बिहानैदेखि मौसममा सुधार आई आकाश खुलेपछि दुर्घटनास्थल पत्ता लगाउन सहज भएको हो । जहाजमा चालक दलका सदस्यसहित २२ जना यात्रु थिए । 

पोखरा विमानस्थलका सुचना अधिकृत देवराज सुवेदीले जहाज सिधै गएर पहाडमा ठोक्किएको देखिन्छ भन्दै अहिले फिस्टेल एयर, एयर डाइनान्टी, फिस्टेल एयरको जहाज परिचालन भएको बताए । उनले सेनासहितको टोली अझै घट्नास्थल पुग्न नसकेको बताए । सुवेदीले जहाज टुक्रा टुक्रा भएको अवस्थामा देखिएको पनि कर्पोरेट नेपाललाई बताए । 

उनले १३ हजारभन्दा मागिको भिरालो जमिनमा जहाज दुर्घटना भएकाले उद्दारमा गर्न कठिन रहेको बताए । जहाज ठोक्किए पनि आगो भने नलागेको देखिएको बताउँदै मानिसहरु जिवित नरहेको हुनसक्ने बताए । 

Advertisement

Advertisement