विश्व बैंकले श्रीलंकालाई ७० करोड अमेरिकी डलर दिने

Advertisement

कोलम्बो । विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलंकालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलंकाका विदेशमन्त्रीले सोमबार  जनाकारी दिएका छन् ।

कोलम्बोमा रहेको विश्व बैंकका  देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिससँग कुराकानी गर्दा  सो प्रतिबद्धता  व्यक्त गरेको बताइएको  छ ।

Advertisement

भेटमा मन्त्रीले अन्तरराष्ट्रिय मुद्राकोष, अन्य अन्तरराष्ट्रिय संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल विश्व बैंकसँग सहयोग मागेका थिए ।
 मन्त्रीले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएका छन् ।

विश्व बैंकका देशीय  प्रबन्धकले उनको कार्यालयले एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघको कार्यालय जस्ता अन्य संस्थाहरूसँग पनि श्रीलंकाको  बिग्रदो अर्थतन्त्र सुधारका निम्ति काम गरिरहेको बताएका छन् ।

हाल श्रीलंकाले चरम विदेशी मुद्राको अभावको सामना गरिरहेको छ जसले अत्यावश्यक वस्तुहरू आयात गर्न समस्या  निम्त्याएको छ । रासस/सिन्ह्वा

Advertisement

Advertisement