अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु

Advertisement

वासिङ्टन । अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई  सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ । 

स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्वीटमा उल्लेख गरेअनुसार चर्चको पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए ।

Advertisement

शेरिफको कार्यालयले बताएअनुसार ूत्यहाँ तीन जनाको मृत्यु भएको छ, ती मध्ये एक जना बन्दुकधारीको रूपमा पहिचान गरिएको पुरुष पनि हो ।

एम्स स्टोरी काउन्टीको शहर मध्य आयोवाको डेस मोइन्सबाट ५० किलोमिटर उत्तरमा छ । रासस/सिन्ह्वा

Advertisement

Advertisement