रमेश खरेल काठमाडौं क्षेत्र नं. १ बाट साँसद लड्ने र प्रकाशमानलाई हराउने

Advertisement

काठमाडौं । नेपाल प्रहरीका पूर्वरमेश खरेल काठमाडौँ क्षेत्र नं १ बाट आगामी संसदीय चुनाव लड्ने घोषणा गरेका छन् ।

उक्त क्षेत्र यसअघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सांसद जितेको क्षेत्र हो । सिंहले आसन्न संसदीय निर्वाचनमा पनि सोही क्षेत्रमा उम्मेदवारी दिने  तयारी गरेको बेला खरेलले सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन् । 

Advertisement

काठमाडौं महानगरपालिकाको मेयरमा श्रीमती सिर्जना सिंहलाई प्रस्तुत गरे पनि पराजित भएपछि उनी चिन्तित रहँदै आएका छन् । यसअघि क्षेत्र नं. १ बाट विवेकशील साझा पार्टीका तत्कालिन अध्यक्ष रविन्द्र मिश्रले सिंहलाई कडा चुनौति दिएका थिए । खरेलले यस क्षेत्रबाट उम्मेदवारी दिएर प्रकाशनमान सिंहलाई हराउने तयारी गरेका हुन् । 

Advertisement

Advertisement