‘संसदमा एकचौथाई पनि प्रतिनिधि नरहेको कांग्रेस नेतृत्वले सैन्य सम्झौता गरे देश बर्बाद हुन्छ’

Advertisement

काठमाडौं । पूर्वाधारविद् एवं राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यले संसदमा एक चौथाई पनि प्रतिनिधित्व नहेको पार्टीको नेतृत्वले कुनै देशसँग सैन्य सम्झौता गरे देश बर्बाद हुने बताएका छन् । 

उनले यस्तो सम्झौता गरे राष्ट्रघात हुने भन्दै सम्झौता रोक्न आव्हान पनि गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा सैन्य सम्झौताको तयारी भइरहेको समाचार आएका बेला आचार्यको यस्तो प्रतिक्रिया आएको हो । 

Advertisement

उनले ट्वीटरमा लेखेका छन्, ‘संसदमा एक चौथाई भन्दा कम प्रतिनिधित्व हुँदा पनि सरकारको नेतृत्व गर्ने मौका पाएको नेपाली कांग्रेसको नेतृत्वले नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा दूरगामी प्रभाव पार्ने सैन्य संझौता गर्दै छ भन्ने समाचार छ। देश बर्बाद हुने यस्तो राष्ट्रघाती संझौता गर्न रोकौं।’

संसदमा एक चौथाई भन्दा कम प्रतिनिधित्व हुँदा पनि सरकारको नेतृत्व गर्ने मौका पाएको नेपाली कांग्रेसको नेतृत्वले नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा दूरगामी प्रभाव पार्ने सैन्य संझौता गर्दै छ भन्ने समाचार छ।
देश बर्बाद हुने यस्तो राष्ट्रघाती संझौता गर्न रोकौं।🙏

— Surya Raj Acharya (@SuryaRAcharya) June 14, 2022

Advertisement

Advertisement