संसदीय समितिले माग्यो एसपीपीसम्वन्धी सबै कागजाज, देशको परराष्ट्र नीति ख्याल गर्न निर्देशन

Advertisement

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सँग सम्बन्धित कागजपत्र माग गरेको छ ।

शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो । 

Advertisement

समितिले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्वका विषयमा सहभागिता नजनाउन पनि सरकारलाई सचेत गराएको छ । समितिले अमेरिका भ्रमण र एसपीपीका विषय सोधपुछ गर्न बोलाएको छ । 

Advertisement

Advertisement