बालेनलाई एमपी थिएटर बनाउने सुनिताको चाहना बालेनले नै पूरा गरिदिए

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपमेयर सुनिता डंगोलको चाहना पूरा गरिदिएका छन् । सुनिताले चुनाव प्रचारका क्रममा बालने शाहले चुनाव नजित्ने र उनका लागि  एमपी थिएटर बनाइदिने बताएकी थिइन् । 

तर अनपेक्षितरुपमा चुनाव जितेर आएका बालेन शाहले सुनिताको त्यो चाहना पूरा गर्दै आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा एमपी थिएटर बनाउने प्रतिवद्धता जनाएका छन् । 

Advertisement

मेयरका प्रत्याशी बालेनप्रति व्यङ्ग्य गर्दै उनले आफूले चुनाव जितेपछि काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् ।  बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए । 

Advertisement

Advertisement