सामाजिक सञ्जाल प्रयोग गरेर बालेनले  चुनाव जिते पनि देश चलाउने हामीले नै होः आरजु

Advertisement

पोखरा । प्रधानमन्त्री पत्नी एवं सत्तारुढ नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालको बलमा चुनाव जितेको भन्दै तितो पोखेकी छन् । कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको कार्यक्रममा उनले सामाजिक सञ्जालको प्रभावकारी परिचालन गरेर बालेन काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएको दावी गरिन् । 

आरजुले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी शाहले कतिमा हायर गर्नुभयो ? भन्दै प्रश्न गरिन् । ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार शाह मेयर बन्न सफल भएको भन्दै उनले पार्टी सिष्टममा दलका नेताहरुले देश चलाउने बताइन् । 

Advertisement

स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेर जनप्रतिनिधि बन्ने संवैधानिक व्यवस्था आफ्नो पार्टीको पहलमा भएको दावी गर्दै सोही कारण बालेन मेयर हुने मौका पाएको तर्क गरिन् । आरजु देउवाले भनिन, ‘उहाँले त्यहाँ कन्सल्टेन्सी कतिमा हायर गर्नु भयो ? रुटिन आफ नेपाल बन्दलाई । यत्रो ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई उहाँले परिचालन गर्न सफल हुनु भयो । राजनीति हो– एभ्रिथिङ्क ईज फियर भन्छ । हाम्रो पार्टीले संविधान बनाउने बेलामा स्वतन्त्र व्यक्तिहरुलाई पनि उम्मेदवार बन्ने प्रावधान राख्ने व्यवस्था गरेकाले अहिले उनीहरुले मौका पाएका हुन । तर देश बनाउने हो भने राजनीति पार्टीहरुले नै शासन गर्ने हो ।’

Advertisement

Advertisement