चर्को जनदबाबपछि एसपीपी फिर्ता गर्ने पत्र अमेरिकालाई पठाउने मन्त्रिपरिषदको निर्णय

Advertisement

काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले अमेरिकासँग हुने भनिएको सैन्य मामिलासम्वन्धी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार गर्न नसकिने पत्र अमेरिकालाई लेख्ने निर्णय गरेको छ । 

चर्को जनदबाब र छिमेकीहरुको चासोपछि सरकार बाध्य भएर उक्त पत्र पठाउने निर्णय गर्न बाध्य भएको हो । नेपाली सेनाले पनि स्पष्टरुपमा एसपीपी सम्झौता गर्न नसकिने सार्वजनिकरुपमा बोलेपछि सरकार नैतिक संकटमा परेको थियो 

Advertisement

यद्यपि शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार बनाउन अमेरिकासहितको पश्चिमा शक्तिको मुख्य भूमिका रहेको देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा उक्त सम्झौता गर्ने तयारी गरिएको थियो । 

Advertisement

Advertisement