सुगौली सन्धी सबैले मानेको ओलीको दावी, ‘भारतसँग सम्वन्ध बिगार्न कालापानी मागेको होइन्’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले कुनै देशले आफ्नो भूगाग चाहियो भन्नु अर्घेल्याई नभएको बताएका छन् । पूर्वराजदूतहरुको कार्यक्रममा मंगलबार उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता माग्दा भारतसँग सम्वन्ध बिग्रिएको संकेत गरे । 

ओलीले उक्त क्षेत्र सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याई नभएको बताए । उनले सुगौली सन्धी सबैले मानेको पनि दावी गरे । धेरैले सुगौली सन्धी खारेज भइसकेकोले वृहत नेपाल हुनुपर्ने निकै ठूलो जनमत अहिले नेपालभित्र र भारतमा पनि छ । 

Advertisement

नेता ओलीले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने थियो जस्तो आफूलाई लाग्ने गरेको बताए । 

उनले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दा मात्रै देशहरुको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्च स्तरीय वार्ताको क्रममा पटकपटक राखेको पनि बताए ।

ओलीले भने, ‘हाम्रो छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नुपर्छ । पारस्पारिक सम्मान, पारस्पारिक लाभको आधारमा मिछेक सम्बन्ध बढाउनु पर्दछ । अब छिमेक सम्बन्ध गर्दा समस्या छदैछन भनेर हेपिएको महसुस भईराखेको छ भने वास्तवमा सम्बन्ध सुमधुर हुँदैन् । आत्मीय हुँदैन । मित्रतापूर्ण सम्बन्ध हुँदैन । मैले हाम्रा छिमेकीहरुसँग उच्चस्तरमा संवाद गर्दा यी कुराहरु राखे ।’ 

उनले थपे, ‘यदि हाम्रा अलिकति पनि अमिलोपन, चिसोपन रह्यो । भन्न नसक्ने, बोल्न नसक्ने अवस्था रह्यो भने मित्रता कसरी रहन्छ ? हामी एक आपसमा बोल्न नसक्ने, भन्न नसक्ने अवस्थामा छौ तर मित्रताका कुरा गर्छौ भने एउटाले दपेट्छ । अर्को दपेटिन्छ भने भन्न सक्दैन भने त्यहाँ वास्तविक मित्रता कसरी हुन्छ ? त्यसकारण हामीले हाम्रो बीचमा समस्या छन भने ती समस्या समाधान गर्नुपर्छ । अनि त्यसपछि मात्रै वास्तविक मित्रता हुन्छ ।’ 

एक्काईसौं शताब्दीमा हामीले समस्याहरु भन्न नसकेर, बोल्न नसकेर वा सरकारमा बस्नेहरुले आफना सत्ता स्वार्थहरुलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितहरुको प्रश्नमा सौदावाजी गर्नु हुन्न भन्दै ओलीले राष्ट्रिय हितको पक्षमा उभिनुपर्ने बताए । खुलस्त पनि हुनुपर्ने उनको भनाई छ । 

ओलीले भने, ‘भन्न खोजेका कुरा नबुझिने गरी प्रस्तुत भएर के हुन्छ ? हामीले मानेका सन्धी, सम्झौताले तय गरेका सीमालाई हामीले मानेर र यदि हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि १४६ वर्ष हामीले भोगचलन गरेको भूभाग हो । १४६ वर्ष हामीले भोगचलन गर्यौं । त्यसपछि एउटा समय सन्दर्भमा हाम्रो कालापानीमा भारतीय फौज आएर बस्यो । र साठी वर्षदेखि त्यहाँ छ । कालापानीमा भारतीय फौज भएको हुनाले उता लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौं ।’

उनले अझै थपे, ‘मैले अहिले भनिन भने पनि, अलि पछि नेपालीले भन्ने छन । भन्छन भन्छन । भन्नैपर्छ । र, यस्तो समस्या सुगौली सन्धि सो सबैको मानेको छ । यसबाट प्राप्त गरेको भूभाग हो यो । यसमा हामीले अर्घेल्याई गर्र्यौं कि भन्ने ठान्नुपर्ने कुनै आवश्यकता छैन । अनि कहिल्यै पनि उठाउने, कसैले पनि नबोल्ने अनि हाम्रौ भौगोलिक अखण्डता, हाम्रो सीमा सम्बन्धि प्रश्न, हाम्रो सीमा यो हो । छलफल गरौं र यसलाई टुंग्याऔं । यो हाम्रो भूभाग चाँही हामीलाई फिर्ता चाहियो भन्ने कुरा कुनै अर्घेल्याई होइन । यो सम्बन्ध बिगार्ने कुरा पनि होईन । यस्ता कुरालाई सल्टयाउनुपर्छ । नेपालमा राजनीतिक खचपच नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानी वा अन्य सीमा सन्दर्भहरु चाँही अहिलेसम्म समस्या समाधान भईसक्थ्यो भन्ने मलाई लाग्छ । यो विषयमा मैले खुलस्त छलफल गरेको थिए । यो मित्रतालाई सुदृढ गराउनका लागि हो ।’

अध्यक्ष ओलीले हामीले आफ्नो भूगोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध विगार्नु नरहेको पटक पटक दोहोर्याए । 

Advertisement

Advertisement