तेस्रो पटक प्रधानमन्त्री भए अहिलेका धेरै विसंगतिलाई प्रहार गर्दै देशलाई नयाँ युगतिर लान्थेंः प्रचण्ड

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुने मौका पाए अहिलेका विसंगतिहरुलाई प्रहार गर्दै देशलाई नयाँ युगतिर लानसक्ने दावी गरेका छन् । 

नेपाल पर्वतारोहण संघको कार्यक्रममा शुक्रबार पुगेका उनले पहिलो पटक प्रधानमन्त्री हुँदा आफूले खासै काम गर्न नसकेको, दोस्रो पटक केही प्रयास गरेको बताउँदै तेस्रो पटक हुन पाए धेरै काम गर्नसक्ने दावी गरे । 

Advertisement

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन भित्री तयारी गरेको हल्ला चलिरहेको बेला उनको यस्तो भनाई आएको हो । प्रचण्डले भने, ‘पहिलो पटक प्रधानमन्त्री बन्दा झिलिमिलमै गयो । दोस्रो पटक धेरै सुधार गर्ने प्रयास गरेको हो । त्यसमा गर्व छ । राष्ट्रिय एकता नै के हुने हो ? भन्ने बेलामा मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देशै लैजानु सानो कुरा थिएन् । झण्डै २५ बर्षपछि सात प्रतिशतभन्दा बढीको विकास दर कायम गर्नु पनि सानो कुरा थिएन् । छिमेकी तथा मित्रराष्ट्रहरुसँग सन्तुलित सम्वन्ध बनाएर उनीहरुको विकास सहयोग लिने कुरा पनि चुनौतिपूर्ण नै थियो । नेतृत्वले चाह्यो भने एकता र लोकतन्त्रलाई बलियो बनाउँदै आर्थिक संवृद्धि हासिल गर्न सकिन्छ भन्ने संकेत देखाएको हो । 

त्यसपछि आफूले बाँकी जीवन देशमा आर्थिक विकास र संवृद्धि गर्ने, राजनीतिक स्थिरता कायम गर्न वामपन्थीहरुबीच एकता गरेर बिताउने भनेर निकै साहसका साथ प्रयास गरेको तर सफल नभएको स्वीकार गरे । प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री हुने मौका पाए धेरै काम गर्नसक्ने दावी गरेका हुन् । 

आफ्नो नेतृत्वमा हजारौंको बलिदान भएको छ अहिलेको अवस्था ल्याउनको भन्दै प्रचण्डले आफूले नै काम गर्नसक्ने कुरामा जोड दिएका थिए । 

Advertisement

Advertisement