काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएसँगै आयोजित कार्यक्रममा नेतृ रामकुमारी झाँक्री भावुक भएकी छन् । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा उनले आँशु झारेकी हुन् ।
उनको पार्टी नेकपा एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै झाँक्रीसहितका मन्त्रीले राजीनामा बुझाएका हुन् ।
कार्यक्रममा भावुक भएकी झाँक्री केहीबेर बोल्न सकिन्न । कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको विवरण सुनाउदा उनी आँशु झारेर मौन बसेकी थिइन् ।