यूएनएचसीआरले बेवास्ता गरेको भन्दै रोहिंग्या शरणार्थीहरुको विरोध प्रदर्शन

Advertisement

काठमाडौं । संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् ।  

विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् । म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आएका उनीहरुले यूएनएचसीआरले चासो नदिएको गुनासो गरे । 

Advertisement

यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरुमा चासो नदिँदा मानव अधिकारको हनन भएको उनीहरुको भनाई छ । प्रदर्शनकारीहरुले सोमवार प्रहरी प्रशासनबाट महिला, बालबालिकाहरु कसैको पर्वाह नगरी लाठी चार्ज गरेर निर्दयको भाव देखाएको बताए । श्रीलंकाबाट नेपालमा आई शरणार्थीको रुपमा बसोवास गरिरहेका सुरेशकुमार राजेश्वरले २०१५ सम्म सहयोग गरेपनि यूएनएचसीआरले पछिल्लो समय बेवास्ता गरिरहेको बताए । उनले बालबालिकाहरुलाई निजी विद्यालयमा पढ्नबाट वञ्चित गरेको र बस्न पनि समस्या रहेकोले यो समस्य समाधान गर्न आफू प्रदर्शनमा आउनुपरेको बताए ।

यूएनएचसीआरले खान, बस्न र बालबालिकाको अध्ययानको लागि आर्थिक सहयोग गर्दै आइरहेपनि पछिल्लो समय सरकारी विद्यालयमा बालबालिकालाई पढाउनुपर्ने र आफूलाई दिइने रकम पनि दिन छोडेको गुनासो गरे । 

रोहिंग्या शरणार्थीहरुले बालबालिकाहरुको अधिकार हनन गरिरहेको भन्दै सोमवारबाट बिरोध प्रदर्शन गरिरहेको छ । मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारलाई यूएनएचसीआरले नियमतः पालना नगर्दा आफ्ना बालबालिकाहरुको अधिकार हनन भएको उनीहरुको गुनासो छ । 

Advertisement

Advertisement