अर्थमन्त्रीद्धारा राजीनामा दिने घोषणा

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बुधबार संसदमा बोल्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् । 

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दरहरु संशोधन गराएको र उक्त दिनको सीसीटीभी फुटेज मेटाउने काम गरेको समाचार बाहिरिएपछि अर्थमन्त्री हटाउनुपर्ने चर्को जनदबाब बढेको थियो । विशेषगरी संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा र छानविनलाई जोडका साथ उठाएको थियो । 

Advertisement

आजैको संसद बैठकमा अर्थमन्त्रीलाई राजीनामा नगराई उनलाई सम्बोधन गर्न नदिन आग्रह गर्दै एमालेले संसद बैठक बहिस्कार गरेको थियो । एमालेले अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय विशेष समिति बनाउने सभामुखको निर्णयको स्वागत गरेको थियो । 

Advertisement

Advertisement