जनार्दन मन्त्री रहेसम्म काममा नफर्किने गरेर बिदामा बसेका अर्थसचिव मरासिनी आजबाट हाजिर भए

Advertisement

काठमाडौं । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा नदिएसम्म कार्यालय नआउने अडानका साथ अनिश्चित कालका लागि विदामा बसेका अर्थसचिव मधुकुमार मरासिनी बिहीबारबाट काममा फर्किएका छन् । 

सचिव मरासिनी र मातहतका कर्मचारीको असहयोगपछि अर्थमन्त्रीबाट राजीनामा गर्न बाध्य भएका माओवादी नेता जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करका दरहरु  हेरफेर गराउने र उक्त दिनको सीसीटीभी फुटेज  मिलाउने काम गरेको भन्दै चर्को विरोध भएको थियो । 

Advertisement

सचिव मरासिनीले बुधबार बिहान मुख्यसचिवलगायतलाई भेटेर अर्थमन्त्रीको कारण आफू काम गर्ने मनस्थितिमा रहेको भन्दै बिदा लिएका थिए । हिजो नै शर्माले  मन्त्रीबाट राजीनामा दिएपछि उनलाई आजबाट मन्त्रालय  फर्किन सहज भएको हो । बाहिर उनले आफू बिरामी भएर कार्यालय  आउन नसकेको बताएका थिए । तर आज भने उनी आफ्नो कार्यकक्षमा काम गरिरहेका छन् । 
 

Advertisement

Advertisement