विधि र प्रक्रिया मिचेर ल्याएको बजेट स्वीकारिन्नः पूर्वअर्थमन्त्री पौडेल, अर्को बजेट ल्याउनुपर्ने

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेट बिहीन रहेको दाबी गरे । 

पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको बताए । उनले संविधानले गरेको व्यवस्था, कानून ,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताए । अर्को बजेट ल्याउनुपर्ने पौडेलको आशय देखिन्थ्यो । 

Advertisement

उनले बजेट आफैँ विवाद रहेकाले बजेट बजेटको रुपमा नभएको भन्दै बजेट कार्यान्वयन गर्न नसकिने जिकिर गरे । पौडेलले अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रुपमा मान्न नसकिने बताए । 

उनले प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास भएको बताए । उनले अब फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने बताए । उनले नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई बिस्थापित गरेर र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गर्ने बताए । 

Advertisement

Advertisement