कांग्रेसकै नेताले प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले भने– हतियार किन्ने कुरा भएको छैन्

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेको दावी गरेका छन् । गृह मन्त्रालय र प्रहरीका उच्च अधिकारीहरुले हतियार किन्ने तयारी भएको स्वीकार गरिरहेको बेला देउवाले भने सो कुरामा सत्यता नरहेको दावी गरेका हुन् । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले देशमा विदेशी मुद्राको संचिति घटेर अर्थतन्त्र नै धरासयी बनिरहेको बेला नेपाल प्रहरीका लागि लागतभन्दा महंगोमा हतियार किन्न लागेको भन्दै प्रश्न उठाएपछि देउवाले त्यो कुरा अस्वीकार गरेका हुन् । 

Advertisement

बैठकमा नेता अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले प्रश्न उठाएका थिए । जवाफमा देउवाले भने, ‘हतियार किन्ने कुरा कहाँ छ ? हतियार किन्ने कुरा सरकारले गरेको छैन ।’ मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको बेला डलर खर्च गरेर हतियार किन्न नहुने भन्दै चौतर्फी विरोध भएको छ । 

सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपियाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि सरकारले रकमान्तर गरेर पैसाको समेत व्यवस्था गर्दिसकेको छ । 

Advertisement

Advertisement