सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)

Advertisement

काठमाडौं । राजधानीको वागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन् । नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन् । 

वर्षा याममा नदि पस्ने त्रासले रातभर अनिदो बस्छन् सुकुम्बासीहरु । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ । नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ ? पत्तो हुँदैन । 

Advertisement

वर्षायाम अरु समयभन्दा चिन्ताको विषय बन्छ सुकुम्वासीहरुलाई । हिउँदामा ढल गन्हाएर त्यस्तै हैरान बनाउँछ । सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरुले दुःख त पाएका छन् नै सरकारको पनि खिल्ली उड्ने गरेको छ । 

सरकारले ढल, फोहोर लगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ । बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन । सुकुम्बासी बस्ती छेउका सडकहरु हिलाम्मे छन् । 

वरपर वन, बुट्यान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ । स–साना झुपडी र टहराबाट वर्षौंअघि शुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ । 

कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि शुरु भइसकेको छ । सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम शुरु गरेसँगै धेरै घरबिहीनहरु खुशी छन् । 

तर सरकारले सुकुम्वासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिँड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ । कहीँकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुम्वासी बस्ती आशाको सञ्चार भएको छ । फोटोहरुः

Advertisement

Advertisement