टाई लगाएर हर्षित मुद्रामा दिल्ली पुगेका प्रचण्ड मोदीले भेट्न नमानेपछि निरास भएर फर्किए

Advertisement

काठमाडौं । भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)ले बोलाएपछि नयाँ दिल्ली पुगेका माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्रमण अपेक्षाकृत फलदायी हुन नसकेपछि उनी निराश भएर फर्किएका छन् । 

तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनेका थिए, ‘भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने भएकाले यो भ्रमण महत्वपूर्ण छ ।’ तर प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न अस्वीकार गरेका छन् । 

Advertisement

नयाँ दिल्ली जानुअघि टाई लगाएर हर्षित मुद्रामा देखिएका उनले विमानस्थलमा कार्यकर्तालाई आफ्नो पक्षमा नाराबाजी गर्न लगाएका थिए । दिल्लीमा पुगेपछि पनि भाजपाले प्रचण्डको राम्रै स्वागतको व्यवस्था गरिदिएको थियो । तर जुन मुख्य अपेक्षा (मोदीसँगको भेट)का लागि दिल्ली पुगेका उनलाई मोदीले भेट्न अस्वीकार गर्नु अर्थपूर्ण देखिन्छ । 

उनी आइतबार साँझ स्वदेश फर्किएका छन् । अन्तिम समयमा आएर भेट नहुने खबर आएको भन्दै उनले ‘टेन्सन छैन’ भन्दै आफ्नो टेन्सन व्यक्त गरे । प्रचण्डले भने, ‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो । एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईंहरु जस्तै मलाई पनि थाहा छैन ।’

प्रचण्डलाई भारत जानुअघि मोदीसँग भेट हुने आश्वासन भाजपाले दिइएको थियो । तर अन्तिम समयमा भारतीय पक्षले मोदीसँग भेट नहुने जानकारी दिएपछि प्रचण्ड निराश भएर फर्किएका हुन् । मोदीसँग भेट्न सके नेपालको सत्ता राजनीतिमा हेरफेर गर्न सकिने र आफू प्रधानमन्त्री हुनसक्ने आशा उनमा देखिन्थ्यो । त्यसा लागि बोलावट हुँदा प्रचण्डले मोदीसँगको भेटको सुनिश्चितता खोजेका थिए । यो हिसावले हेर्दा बाहिर भाजपाले उनलाई बोलाएको भन्दा पनि प्रचण्ड आफूले भेट्न जान बाढी लालयीत भएको देखिन्छ । 

चीनको कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल भ्रमण गरेको २४ घण्टा पनि नबित्दै दिल्ली पुगेका प्रचण्ड र त्यसअघि नै दिल्ली पुगेकी प्रधानमन्त्री पत्नी आरजु देउवाले पालोपालो प्रधानमन्त्रीका लागि सहमति गरेर आउने धेरैको अडकल थियो । तर मोदीले भेट्न अस्वीकार गरेबाट त्यो संभावना कम देखिएको छ । मोदीसँग भेट्न नपाए पनि प्रचण्डले भाजपा अध्यक्ष, विदेशमन्त्री आदिसँग भने भेटेका छन् । 
 

Advertisement

Advertisement