दिल्लीबाट फर्किएका प्रचण्डले भट्टराईलाई भेटे, तीन दिनभित्र गठवन्धन टुंगोमा पुग्नुपर्ने

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सम्बन्धमा बिहीवारसम्ममा टुंगोमा पुग्नुपर्ने बताएका छन् । मंगलवार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धनको बिषयमा बिहीवारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् । 

प्रचण्डले भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए । गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए । प्रचण्डले भने, ‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन् । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउने बारे अरु पार्टी सँग पनि कुरा गरौँ । पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो ।’

Advertisement

उनले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय सही भएको बताए । प्रचण्डले आफूहरु गठबन्धन लिएर लाने पनि बताए । प्रचण्डले भने, ‘काँग्रेसले सहि निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको ।’

Advertisement

Advertisement