सत्ता गठवन्धनलाई फोड्न चाँदीको तरबार नै चाहिन्न, स्वार्थको टकरावले आफै फुट्छः केपी ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दावी गरेका छन् । राजधानीमा बुधबार आयोजित आफ्नो पार्टीनिकट एक कार्यक्रममा उनले कतिपयले सत्तारुढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताए । 

ओलीले गठबन्धनमा आवद्ध दलहरु सबै स्वार्थी पूँँजीवादी बाटोमा हिँडेकाले उनीहरु कहिल्यै एकतावद्ध हुन नसक्ने तर्क समेत गरे । सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै उनले उनीहरुको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको बताए । 

Advertisement

देश बनाउने पार्टीको महान उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरुलाई मिल्काएर फाल्नुपर्ने ओलीको भनाई छ । उनले भने, ‘सबभन्दा अगाडि त एउटा प्रतिक्रियावादी मनसाय बोकेको, देशद्रोही मनसाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ । त्यो अनेक हिसावले हामीलाई असफल बनाउने आउने, हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ । त्यसलाई हामीले मिल्काउनु पर्नेछ । कतिले भन्छन– यो गठबन्धन फौडौं । समयक्रममा गठबन्धन आफैं फुट्छ । स्वार्थी पूँजीवादी बाटो हिँडेर कहिल्यै एकतावद्ध हुने सम्भावना नै हुँदैन । यो स्वार्थको खेल हो यिनीहरुको । उद्देश्यमा, गन्तव्यमा एकता होइन । स्वार्थको एकता हो यो ।’ 

ओलीले थपे, ‘तसर्थ उनीहरुको स्वार्थको एकता स्वार्थको टकरावमा समाप्त हुन्छ । यो नियम हो । त्यसकारण हामीले धेरै हतार गरेर यिनीहरुको यो एकता फोडनका लागि एकदम चाँदीको तरबार बनाउनुपर्ने केही पनि आवश्यकता छैन । यो एकता स्वार्थको टकरावबाट फुट्छ आफ्नै हिसावले ।’

ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमालेले हार्यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि आग्रह गरे । अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरुले स्थानीय निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने उनको भनाई थियो । 

Advertisement

Advertisement