छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगे शर्मा

Advertisement

काठमाडौं । बजेट निर्माणका बेलामा करको दर हेरफेर गराउन अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपबारे छानबिन समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि सोधपुछ गर्दैछ । बयान दिनका लागि शर्मा समिति बैठक पुगेका छन् । अहिले बैठक सिंहदरबारस्थित अर्थसमितिको हलमा चलिरहेको छ । समितिले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा बाहिरका व्यक्तिको प्रवेशका बारेमा शर्मासँग बयान लिनेछ । 

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि सभामुख अग्नि सापकोटाले संसदीय छानविन विशेष समिति गठन गरेका थिए । त्यसलगत्तै शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। यसअघि अर्थ मन्त्रालयका कर्मचारीहरू बयान दिइसकेका छन्।

Advertisement

Advertisement

Advertisement