गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

Advertisement

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ०१ बस्ने शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम श्रीमती समसा खातुनलाई रु. १३ लाखको चेक हस्तान्तरण गरेका हुन् । 

Advertisement

त्यसैगरी तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ३५ को हेमराज लिम्बुको श्रीमती कौशिला लिम्बुलाई मृत्यु दावी वापत जम्मा रु. १३ लाखको चेक हस्तान्तरण गरिएको हो ।  

उक्त अवसरमा कम्पनीका सीईओ लालले बीमा समितिले आव २०७८/०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आव २०७८/०७९ मा दर्ता भएका सम्पूर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आवमा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए । 

यस आवमा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।  
 

Advertisement

Advertisement