आइएमई मोटर्सद्वारा मिनी-अस्पताल जस्तै विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण

Advertisement

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्धारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरे । 

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताए । आइएमई ग्रुपका ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने  विश्वास व्यक्त गरे । 

यो अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ । 

यी भेहिकलहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन ्। त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन ्। यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह सचिव टेकनारायण पाण्डेलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

Advertisement

Advertisement