सांस्कृतिक अतिक्रमणको एउटा नमूनाः साउनमा हरियो चुरा, दोष भने पुरुषलाई ?

Advertisement

डा. अम्बरिश पोखरेल
१. आज भोलि साउन महिनामा हरिया चुरा, पोते, डोरी, कीलिप, काटा, सारी, चोलो, जुत्ता, चप्पल तथा हातमा भद्दा मेहन्दी लगाउने चलन आएको धेरै वर्ष भएकै छैन नेपालमा । 

२. आजभन्दा करिब २०–३० वर्ष अगाडि समेत थिएन् यो पैमानामा । कसै कसैले गर्थे यो प्रकारको नौटंकी विषेशगरी हिन्दी सिरियल हेर्नेहरू । पहाडतिर त झन् थाहा नै थिएन् । 

Advertisement

३. तर आज आफूलाई खुबै शहरिया भन्नेहरु मात्र होइन, पहाडतिर पनि नक्कल गर्दै गरेको देखिन्छ । अझ आफै निर्णय गर्दै धारे हात लगाएर भन्दै छन्, पुरुष सत्ता ! पितृसत्ता ! विभेदको महिना ! आदि आदि । 

४. नेपालमा हुँदै नभएको त्यो प्रकारको संस्कृति, परम्परा, चाल चलन, कुनै अमूक प्रकारका टिभि सिरियलदेखि विभिन्न माध्यमबाट हेरेर, पढेर, जानेर, सिकेर, र नक्कल गरेर विकृति भित्र्याउने आफै, तर दोष जति नेपाली पुरुषलाई ?

५. सांस्कृतिक अतिक्रमणको एउटा राम्रो नमूनाः साउनमा हरियो चुरा ।

६. रामदेवदेखि स्वामी फलानोसम्म, त्यो महा ठग साईबाबादेखि श्री स्वामी महाराज फलाहरीसम्म, बालहरिदेखि स्वामी फलानो बलात्कारीहरु सम्मलाई, रात दिन घरको टिभी मै तथा उसको फोटो अगाडि उभिएर ध्यान गर्ने, तिनीहरूका नाम जपध्दै हिड्ने, उसका नाममा पैसा फाल्दै हिड्ने, अनि दोष जति नेपाली पुरुषलाई ? 

७. यो प्रकारका विकृतिबिरुद्द पनि नियोजितरुपमा लेख, रचना, भाषण तथा साहित्यमार्फत सम्पूर्ण नेपाली पुरुषबिरुद्द विष वमन गर्ने खेती कहिलेसम्म गर्ने ? 

Advertisement

Advertisement