संघीयता विरोधीहरुलाई बोल्न प्रतिवन्ध लगाउनुपर्ने एक साँसदको माग

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रतिनिधि सभाभित्र संघीयता बिरोधी आवाजलाई रोक्नुपर्ने बताएका छन् । 

शुक्रवारको प्रतिनिधि सभा बैठकमा उनले विभिन्न पार्टीका नेताहरुले गणतन्त्र र संघीयताको बिरुद्धमा बोल्ने गरेको भन्दै खेद प्रकट गरे । साहले आन्दोलनको बलमा संघीयता आएको दावी गर्दै कसैले हटाउन नसक्ने जिकिर गरे । प्रदेशहरु आर्थिक बोझ र दलका नेता कार्यकर्ता पाल्ने थलो भएको भन्दै जनस्तरबाट यसको खारेजीमा आवाज बढ्दै गएपछि कांग्रेस, कम्युनिष्ट दलका नेताहरुले समेत संसदमा यसकै पक्षमा बोल्ने क्रम बढेर गएको छ । 

Advertisement

सोही कुरालाई औंल्याउँदै साहले प्रतिपक्ष दल नेकपा (एमाले) का नेताहरुले संघीयता बिरोधी आवाज बोल्ने गरेको बताए । त्यस्तो अभिव्यक्तिलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने उनको माग छ । उनले भने, ‘अहिले पनि नेकपा (एमाले)का नेतृत्वले संघीयता बिरोधी आवाज यो हाउसमा बुलन्द गरिरहेको अवस्था छ । संघीयता बिरोधी आवाज उठ्ने चेष्टा गर्यो भने निश्चित रुपमा यो देशका पीडित जनता, पीडित जनजाति, मधेशी लगायतका पीडितहरुले आफ्ना अधिकार प्राप्तिको निम्ति लडेको यो अधिकार कुनैपनि हालतमा यो पछाडी पर्दैन् । एमालेका खासगरी विगतदेखि नै यो संघीयता विरोधी र धर्मनिरपेक्षता बिरोधी अभिव्यक्तिहरु यो हाउसमा दिइरहेको अवस्था छ । यस किसिमको आवाज यहाँ हाउसमा उठ्दाखेरी सभामुखले रुलिङ गरेर यस्ता आवाजलाई कुण्ठित गर्ने तिर लानुपर्छ ।’

Advertisement

Advertisement