नेपाल बैंकले कमायो ३ अर्ब २६ करोड नाफा

Advertisement

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको थियो। 

बैंकको नाफा बढेपनि करिब ६१ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा छुट्याउदा बैंकको वितरणयोग्य नाफा भने ५५ प्रतिशतले घटेको छ। खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ।

Advertisement

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार २०.८६ प्रतिशतले बढाएको छ। हाल १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिशेय नेटवर्थ २४८.४२ रुपैयाँ छ।

Advertisement

Advertisement