विराटचोकस्थित नेपालीरिका होटलमा सिद्धार्थ बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । विराटचोकस्थित नेपालीरिका होटल र सिद्धार्थ बैंकबीच छुटसम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा बैंकको विराटनगर शाखाका प्रमुख सूर्यप्रसाद शर्मा र नेपालीरिका होटलका प्रबन्ध निर्देशक राजेश अग्रवालले हस्ताक्षर गरे । 

सम्झौताअनुसार नेपालीरिका होटलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड र मोबाईल बैंकिङबाट रकम भुक्तानी गर्दा २० प्रतिशतससम्म छुट पाइने छ भने खानाका लागि १५ प्रतिशत छुट पाइने जनाइएको छ । 

Advertisement

पछिल्लो समय प्रविधिमैत्री सेवामा केन्द्रित भएको सिद्धार्थ बैंकले अनलाईनबाटै थुप्रै सेवाहरु प्रदान गरिरहेको छ । साथै, ग्राहकको सहजताका लागि आफ्नो वेभसाइटबाट ग्राहकहरुले विभिन्न लाभ लिनसक्ने पनि बैंकको भनाई छ । 

Advertisement

Advertisement