राष्ट्रपतिले आफ्ना सुरक्षा अधिकारीहरुलाई बोलाएर धन्यवाद दिइन्, आजै राजीनामा दिनसक्ने

Advertisement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा बोलाएर धन्यवाद 
 दिएकी छन् । 

बुधबार शीतलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर धन्यवाद दिएकी हुन् । भेटमा राष्ट्रपति भण्डारीले सबैलाई धन्यवाद दिएको समाचार छ । 

Advertisement

विवादास्पद नागरिकता विधेयकलाई लिएर सरकारसँग सम्वन्ध चिस्सिएपछि राष्ट्रपति राजीनामा दिने मनस्थितिमा थिइन् । उनलाई धेरैले नागरिकता विधेयक पास गर्नुभन्दा राजीनामा दिन सल्लाह दिँदै आएका थिए । 

आजै दिउसो नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्न गएका थिए । उक्त भेट यसै विषयका कारण रहेको खुलेको छ । 

आजको राष्ट्रपतिसँगको भेटमा राष्ट्रपतिका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका अधिकारी थिए । राष्ट्रपतिका प्रमुखस्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले राजीनामा दिन लागेको कुरामा सत्यता नरहेको दावी गरे । 

Advertisement

Advertisement