बालेन, रवीन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेललाई भौतिक आक्रमण गर्न महेश बस्नेतको उर्दि

Advertisement

काठमाडौं । मन्त्रीसमेत भइसकेका नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र जनप्रतिनिधि तथा नेताहरु बालेन्द्र (बालेन) शाह, रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेलमाथि भौतिक आक्रमण गर्न आफ्ना कार्यकर्तालाई उर्दि जारी गरेका छन् ।  

सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आक्रमण गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । बालेन, मिश्र, लामिछाने, खरेल आदि नाममा देशी विदेशी तत्वहरु सल्बलाउन थालेको आरोप लगाउँदै बस्नेतले आफ्ना कार्यकर्तालाई सकभर मुखले, नत्र हातगोडाले भए पनि सम्झाउन सुझाव दिए । 

Advertisement

काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाएपछि उनी रुष्ट रहँदै आएका छन् । बस्नेतले बालेनलाई लक्षित गर्दै, आगो बल्न थाल्दा स्याउलाले निभाए पनि आगलागी भएमा पछि के गर्ने ? भनेर कार्यकर्तालाई प्रश्न गरेका थिए । बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस् । परेको पार्टीले बेहोर्छ ।’

विगतमा गुण्डागर्दीका कारण आलोचित भए पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीको संरक्षणका कारण उनी साँसद र मन्त्रीसमेत हुने अवसर पाएका थिए । बस्नेतमाथि साँसद अपहरणको समेत आरोप लाग्ने गरेको छ । 

Advertisement

Advertisement