साउनमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलनमा ५४ करोडको गिरावट

Advertisement

काठमाडौं । गएको साउनमा जीवन बीमा कम्पनीले दुई अर्ब २० करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । बीमा समितिले उपलब्ध गराएको विवरणअनुसार गएको बर्ष साउनको तुलनामा यस बर्र्षको साउनमा यस्तो शुल्कमा गिरावट आएको छ । 

गएको बर्ष साउनमा दुई अर्ब ७४ करोड बीमाशुल्क संकलन गरेका जीवनबीमा कम्पनीहरुले यस बर्ष सोही अवधिमा भने ५४ करोड रुपियाँ कम बीमाशुल्क संकलन गरेका हुन् । 

Advertisement

सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । समितिका तथ्यांकशास्त्री बसन्त बोहोराले बीमाशुल्क सामान्य घटबढ हुनु बजारको चक्रकै एउटा पाटो भएको बताए । 

साउनमा संकलित बीमाशुल्कमध्ये सबैभन्दा धेरै नेपाल लाइफले ४७ करोड १३ लाख रुपियाँ, दोस्रोमा नेशनल लाइफले २९ करोड ८८ लाख रुपियाँ, तेस्रोमा सन नेपाल लाइफले १७ करोड ७० लाख रुपियाँ संकलन रहेका छन् ।

कुन कम्पनीको बीमाशुल्क कति ?

Advertisement

Advertisement