बाल दिवसका अवसरमा नविलले ल्यायो  एपमा आधारित ‘नबिल जेन अल्फा’ योजना

Advertisement

काठमाडौं । बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ योजना ल्याएको छ । योजनाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले गरे । 

कार्यक्रममा नबिल जेन अल्फाका ब्राण्ड एम्बेस्डर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल पनि उपस्थित थिए । जेन अल्फा १८ वर्षभन्दा कम उमेरका बालबालिका र अभिभावकहरुलाई लक्षित गरेर ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम हो । 

Advertisement

अभिभावकहरुले यस एपमार्फत आफ्ना बालबालिकाहरुका लागि दैनिक कार्यहरु सिर्जना गर्न, सेट गर्न र समय तोक्न सक्नेछन् भने बालबालिकाहरुले पनि तोकिएको कार्य सम्पादन गरेपछि अंक कमाउन सक्छन् । यस अंकलाई नै खातामा आवद्ध गराएर पैसाका रुपमा बचत हुने प्रावधान बैंकले ल्याएको हो ।

नबिल बैंककाअनुसार यस योजनामार्फत बालबालिकाले जीवन सीप र बचतको महत्व सिक्न सक्नेछन् । नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर पनि गर्न सक्छन् । 

त्यस्तै, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्दती खातामा पनि रकम जम्मा गर्न सकिन्छ । तोकिएको काम समयमा सम्पन्न गर्ने बालबालिकाहरुलाई बैंकले पुरस्कारको समेत दिनेछ । नबिल जेन अल्फा मोवाइल एप प्ले स्टोर र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
 

Advertisement

Advertisement